बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँचबुझ गर्न पाँच सदस्यीय आयोग गठन

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

बुधबार, साउन ९ २०८१
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँचबुझ गर्न पाँच सदस्यीय आयोग गठन

काठमाडौं- सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका विषयमा छानबीन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।

जहाज दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ४५ दिनको सयम दिँदै जाँजबुझ आयोग गठन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा आयोग गठन भएको हो। 

साथै आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका मुकेश डंग‍ोल रहेका छन्। आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका वरिष्ट पाइलट दीपु ज्वारचन रहेका छन्।

यस्तै आयोगमा श्री एयरका कर्मचारी सञ्जय अधिकारी र पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सुदीप भट्टराई रहेका छन्।

बुधबार बिहान ११:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्यको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने एकजना पाइलट घाइते छन्।

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो।


प्रकाशित : बुधबार, साउन ९ २०८११८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend