बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलका तस्बिरहरू

बुधबार, साउन ९ २०८१
सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलका तस्बिरहरू

काठमाडौं- दुर्घटनामा परेको सौर्य एयरलाइन्सको कलसाइन 'नाइन एन-एएमई/सीआरजे२००' जहाजमा सवार रहेका १८ जनाको मृत्यु भएको छ। एकजनाको अस्पतालमा उपचार भइरहेको छ। 

बुधबार बिहान ११ बजे आसपासमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको हो। चालक दलका सदस्यसहित १९ जना यात्री रहेको जहाज उड्ने क्रममा विमानस्थलको धावनमार्गबाट उड्नासाथ दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ।  

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको शव संकलन गरिएको र एकजना घाइतेलाई अस्पताल लगिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान चालक मनिष रत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

सी-चेक लागि पोखरा जान लागेको जहाजमा सम्पूर्ण यात्रु सौर्य एयरलाइन्सका कर्मचारीहरू नै रहेको प्रहरीले उल्लेख गरेको छ। 

saurya accident (2).jpg
saurya accident (3).jpg
saurya accident (4).jpg
saurya accident (5).jpg
saurya accident (6).jpg
saurya accident (7).jpg
saurya accident (8).jpg
saurya accident (9).jpg
saurya accident (10).jpg


प्रकाशित : बुधबार, साउन ९ २०८११४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend