शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

महामारीकैबीच सन् २०२१ मा १ लाख ५० हजार विदेशी पर्यटक नेपाल भ्रमणमा

images
आइतबार, पुस १८ २०७८
images
महामारीकैबीच सन् २०२१ मा १ लाख ५० हजार विदेशी पर्यटक नेपाल भ्रमणमा
images
images

काठमाडौं- कोरोना महामारीकाबीच सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

images
images
images

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल आएका थिए भने सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

images
images

विश्वभर पर्यटक आगमन बन्द भएपछि नेपालमा पनि लामो समय हवाई तथा यातायात सेवा बन्द गरिएको थियो। सरकारले गत भदौदेखि विदेशी पर्यटकलाई आगमनमा खुला गरेसँगै पर्यटक आउने क्रममा केही सुधार आएको छ।

images
images

'२०२० मा देखिएको यो सुधार राम्रो हो, यसले अब २०२२ मा नेपालमा बाह्य पर्यटक आगमन राम्रो हुने संकेत गरेको छ' पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेले भने। 

सन् २०२१ मा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन्। भारतबाट ६४ हजार ६ सय ७३ भारतीयले नेपाल भ्रमण गरेका छन्।

त्यस्तै दोस्रो धेरै अमेरिकाबाट नेपाल भ्रमणमा आएका छन्। २२ हजार ८ सय ८५ अमेरिकनले नेपाल भ्रमण गरेका छन्।

बेलायतबाट ८ हजार ६ सय ८० पर्यटकले नेपाल भ्रमण गर्दा चीनबाट भने ६ हजार १ सय ९६ पर्यटक मात्रै नेपाल भ्रमणमा आएका छन्।


प्रकाशित : आइतबार, पुस १८ २०७८०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend