बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भक्तपुरको नलिनचोक हेलिपोर्टबाट अधिकांश हेलिकोप्टरको उडान धमाधम

शुक्रबार, साउन ४ २०८१
भक्तपुरको नलिनचोक हेलिपोर्टबाट अधिकांश हेलिकोप्टरको उडान धमाधम

काठमाडौं- भक्तपुरको नलिनचोकमा निर्माण सम्पन्न भएको हेलिपोर्टबाट धमाधम हेलिकोप्टर उडान भइरहेका छन्। नागरिक उड्ययन प्राधिकरणले भक्तपुर नलिनचोकमा निर्माण गरेको हेलिपोर्टबाट अधिकांश हेलिकोप्टर कम्पनीले उडान गरिरहेको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिपोर्ट हटाउने योजनाअनुसार प्राधिकरणले नलिनचोकमा हेलिपोर्ट बनाएको हो। जहाँ २७ वटा हेलिकोप्टर अट्ने क्षमता रहेको छ।  

अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको हुँदा सुरक्षित र द्रुत सेवाका लागि भन्दै प्राधिकरणले झण्डै ३० करोड रुपैयाँ लागतमा नलिनचोकमा हेलिपोर्ट निर्माण गरेको हो। 

अहिले काठमाडौंको विमानस्थलमा आन्तरिक नियमित, अन्तर्राष्ट्रिय  र कार्गो उडान हुँदै आएको छ। अरु सबै उडानको प्रकृति उस्तै भए पनि हेलिकोप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले विमानस्थलबाट छुट्याएर प्राधिकरणले निष्कर्षसहित यो हेलिपोर्ट निर्माण थालिएको थियो। 

नलिनचोकमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिपोर्ट निर्माण भएको हो। हेलिकोप्टरका लागि व्यवस्थित र सुरक्षित पूर्वाधार निर्माण भएको प्राधिकरणले जनाएको छ।

हेलिपोर्ट निर्माणका लागि १५ करोड र टर्मिनल भवन निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको थियो। हाल नेपालमा तीन दर्जन हेलिकोप्टर उड्ने गरेकामा अधिकांश काठमाडौंभित्रै केन्द्रित छन्। 

प्राधिकरणले सूर्यविनायक नगरपालिकाको नलिञ्चोकको ३३ एकड क्षेत्र क्षेत्रफल जग्गामा हवाई इन्धन भण्डारण, अग्नि नियन्त्रणका लागि दमकल सेवा, हेलिकोप्टर सेवा प्रदायक कम्पनीको उडान व्यवस्थापन कार्यालय, ह्याङ्गरलगायतका सुविधासमेत थप गर्दै छ। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८११०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend