शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

काठमाडौं-तराई द्रुतमार्ग : सेनाले जिम्मा पाएको सातवर्षमा बल्ल ३५ प्रतिशत काम

९५ प्रतिशत प्याकेज ठेक्कामा लाग्यो, तीन सुरुङमार्ग निर्माण सम्पन्न हुँदै

शुक्रबार, साउन ४ २०८१
काठमाडौं-तराई द्रुतमार्ग : सेनाले जिम्मा पाएको सातवर्षमा बल्ल ३५ प्रतिशत काम

सेनाले सार्वजनिक गरेको विवरणअनुसार ७०.९७७ किलोमिटर लम्बाइ रहेको आयोजनामा ७ वर्षपछि बल्ल ९५ प्रतिशत प्याकेजहरु कार्यन्वयनको चरणमा प्रवेश गरेको छ।

काठमाडौं- काठमाडौं-तराई द्रुतमार्गको भौतिक प्रगति ३५.३८ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ। द्रुतमार्ग सडक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको ७ वर्षमा बल्ल ३५.३८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। आयोजनाको सुस्त निर्माण गतिले गर्दा अझै केही वर्ष सम्पन्न नहुने देखिएको छ। 

नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा लिएपछि काठमाडौं-तराई द्रुतमार्ग आयोजनाको लागत १ खर्ब १० अर्ब रुपैयाँबाट १ खर्ब ७५ अर्ब रुपैयाँ पुर्याइएको छ। पछिल्लो पटक यो आयोजनाको घोषित लागत २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। तर पनि बन्ने समय भने पर धकेलिएको छ। 

सेनाले सार्वजनिक गरेको विवरणअनुसार ७०.९७७ किलोमिटर लम्बाइ रहेको आयोजनामा ७ वर्षपछि बल्ल ९५ प्रतिशत प्याकेजहरु कार्यन्वयनको चरणमा प्रवेश गरेको छ।

पहाडमा २५ मिटर र तराईमा २७ मिटर चौडाइ हुने आयोजनाको ललिमपुरमा ९ किलोमिटर, काठमाडौंमा ४.६ किलोमिटर, मकवानपुरमा ४९.७७ किलोमिटर र बारामा ७.६ किलोमिटर सडक रहने छ भने ६ वटा सुरुङ मार्ग रहने छन्। जसको लम्बाइ १०.३०९ किलोमिटर रहेको छ।

यता ८९ वटा पुल निर्माण हुने छन्। जसको लम्बाइ १२.८८५ किलोमिटर रहेको छ। त्यस्तै ३ स्थानमा इन्टरचेन्ज रहने छन् भने ३ वटा टोल प्लाजहरु रहने छन्। 

ncell.jpeg

सरकारले २०७४ बैशाख २१ गतेको मन्त्रिपरिषद्को निर्णय गरेर द्रुतमार्ग निर्माणको जिम्मा दिइएको थियो। भने अहिले म्याद थप गरेर सम्पन्न हुने समय २०८३ चैत मसान्त पुर्याइएको छ।

निर्माण सुरु भएयता ६ वटा सुरुङ मध्ये ३ वटा सुरुङ निर्माणाधीन रहेको छ भने ३ वटा सुरुङको डिजाइन तथा पूर्वतयारी मात्रै सम्पन्न भएपनि अहिलेसम्म ठेक्का लाग्न सकेको छैन।

यता ३.३२२२ किलोमिटर रहेको महादेवटार सुरुङको निर्माणकार्य २.०२९ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ।

काठमाडौं–निगजढतर्फको ३.३८६ किलोमिटर सुरुङको २.२८८ किलोमिटर खन्ने काम सम्पन्न भएको छ। १.६५३ किलोमिटर लम्बाइ रहेको निजगढ काडमाडौं तर्फको धेद्रे सुरुङ २०८१ जेठ ११ मा ब्रेकथ्रु भइसकेको छ।

१.७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं निजगढ तर्फको सुरुङको १.६४२ किलोमिटर खन्ने कार्य सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। १.६१२ र १.६३३ किलोमिटर रहेको लेनडाँडाको दुबैतर्फको सुरुङ ब्रेकथ्रु भइसकेको छ।

हालसम्म निर्माणधीन तीन वटा सुरुङमार्गहरुको जम्मा लम्बाइ ६.६६९ किलोमिटर सुरुङ मध्ये ५.५२८ किलोमिटर अर्थात ८२.८९ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएको सेनाले जानएको छ। 

ncell.jpeg

८९ वटा पसहरुमध्ये हालसम्म ८५ पुलहरुको ठेक्का व्यवस्थापन भइ कार्यान्वयनमा रहेका छन् भने बाँकी ४ स्थानका पुलहरु जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण खोकना खण्डमा बाँकी रहेको छ।

८१ मिटर उचाइसम्म रहेका विभिन्न प्रकृतिका र स्पेशन पुलहरुको निर्माण कार्य अपेक्षाकृत गतिमा नै अगाडि बढिरहेको सेनाले जनाएको छ। हालसम्म आयोजना अन्र्तगत जम्मा ५ स्थानका पुल निर्माण कार्यसम्पन्न भइसकेको छ। 

कुल अधिग्रहण करिब १७ हजार ६ सय ५१ रोपनी जग्गमध्ये व्याक्तिगत जग्गा मध्ये ५ हजार ४ सय ७८ रोपनी रहेको छ। सेनाका अनुसार हालसम्म ५ हजार २ सय ४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणको लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८ सय ११ रोपनी अधिग्रहण सम्पन्न भएको छ।

३९४ रोपनी जग्ग खोकना र बुङमती खण्डको मूल्य निर्धारण भइ मुआब्जस वितरण हुन बाँकी २०६ रोपनी र मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनी रहेको सेनाले जनाएको छ। मकवानपुर जिल्लामा १६ रोपनी र काठमाडौं जिल्लामा ४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको छ। 

आयोजनाका लागि हालसम्म ३१ हजार ७ सय ४३ रुखहरुको बदलामा रोप्नुपर्ने ७ लाख ४ हजार ४ सय ४४ वटा रुखमध्ये ७ लाख ५ हजार ५ सय ५२ वटा रुखहरु रोप्ने कार्य सम्पन्न गरिएको छ। 


प्रकाशित : शुक्रबार, साउन ४ २०८११०:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend