शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

ढुंगानालाई अनलाइन जर्नालिजम अवार्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस १७ २०७८
images
ढुंगानालाई अनलाइन जर्नालिजम अवार्ड
images
images

काठमाडौं- पत्रकार केपी ढुंगानालाई अनलाइन जर्नालिजम अवार्ड प्रदान गरिएको छ। अनलाइन पत्रकार संघको ११औं साधारण सभामा ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो। 

images
images
images

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासँघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुरस्कार प्रदान गरेका थिए। 

images
images

इञ्जिनियर विनोद ढकालले ५ लाख रुपैयाँको अक्षय कोष राखेर स्थापना गरेको पुरस्कार पहिलो पटक प्रदान गरिएको हो। पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ। 

images
images

अक्षय कोषबाट आएको रकमबाट  संघले अब हरेक दुई वर्षमा आफ्ना सदस्यहरूमध्येबाट उत्कृष्टलाई पुरस्कार दिने संघका अध्यक्ष शिवप्रसाद सत्यालले बताए। 

पत्रकार कुवेर चालिसेको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको हो। 

कार्यक्रममा पत्रकार कुवेर चालिसेले पहिलो पटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्‍याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताएका थिए। यस्तै उनले आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मूल्यांकन गर्दै पुरस्कृत गरिने पनि बताए।  

ढुंगाना डेढ दशकदेखि पत्रकारितामा संलग्न छन्। कान्तिपुर दैनिक, नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, राजधानी दैनिक, पहिलोपोस्ट, शुक्रवार साप्ताहिक र नेपाललाइभडटकममा काम गरेका ढुंगाना अहिले उकेराडटकमको प्रधान सम्पादक छन्। उनी अन्तरदेशिय अपराध सम्बन्धी पुस्तक ओपन सेक्रेटका लेखक समेत हुन्। 

अनलाइन अब मुलधार हो

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले अनलाइन सन्चारमाध्यम अब मुलधारको पत्रकारिता बनिसकेको भन्दै यसमा कुनै समस्या भए सरकार सहजीकरण गर्न तयार रहेको बताएका थिए। 

उनले अन्य सञ्चारमाध्यमझैँ अनलाइन सञ्चारमाध्यमलाई समेत समानुपातिक विज्ञापन उपलब्ध गराउन कार्यविधि बनिरहेको भन्दै उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामा अवरोध हुने कुनै गतिविधिबारे सोच्न समेत नसक्ने बताएका थिए। 

सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति

११औँ अधिवेशनले शनिबार डिल्लीप्रसाद सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। समितिको उपाध्यक्षमा गोविन्द अधिकारी, सचिवमा गोविन्द मरासिनी, कोषाध्यक्ष निर्दोष घोरसाइने र सदस्यहरूमा रविराज बराल, प्रजु पन्त र अमृत पौडेल चयन भएका हुन्।


प्रकाशित : शनिबार, पुस १७ २०७८११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend