बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भैरहवामा अवतरणका क्रममा रनवेबाट चिप्लिएर बुद्धको जहाज घाँसे मैदानमा, निकाल्ने तयारी हुँदै

शुक्रबार, असार २८ २०८१
भैरहवामा अवतरणका क्रममा रनवेबाट चिप्लिएर बुद्धको जहाज  घाँसे मैदानमा,  निकाल्ने तयारी हुँदै

काठमाडौं- बिहीबार राति काठमाडौंबाट भैरहवा उडानमा रहेको बद्ध एयरको जहाज अवतरणका क्रममा रनवेबाट चिप्लियएको थियो।  रातको साढे ९ बजेतिर जहाज अवतरणका क्रममा चिप्लिएको हो। जहाजमा रहेका ५८ यात्रुलाई सुरक्षित तवरबाट निकालिएको छ।

बुद्ध एयरका अनुसार जहाजको केही भाग घासेमैदानमा पुगको छ। काठमाडौंबाट भैरहवा विमानस्थलको रनवे पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा उडान नम्बर ८०५, जहाज कल साइन नाइन एनएओसी जहाज अवतरणका क्रममा चिप्लिएको हो। 


सम्पूर्ण  यात्रु तथा चालक दल सुरक्षित रहेको काठमाडौंबाटटेक्निकल टिम त्यसतर्फ प्रस्थान गरिसकेको एयरले जनाएको छ। अहिले जहाज रनवेबाट पार्किङ वेमा लैजाने तयारी भएको छ। 


प्रकाशित : शुक्रबार, असार २८ २०८१०७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend