शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

कालिकास्थान-पुडिटार-लामेआहाल सडक स्तरोन्नति थालियो, लागत अनुमान १ अर्ब ८ करोड ४८ लाख

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
कालिकास्थान-पुडिटार-लामेआहाल सडक स्तरोन्नति थालियो, लागत अनुमान १ अर्ब ८ करोड ४८ लाख

विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लामो सडकको लागत अनुमान १ अर्ब ८ करोड ४८ लाख ९१ हजार ३ सय २६ रुपैयाँ रहेको छ।

पोखरा- कोत्रे-बिरौटा सडक खण्डअन्तर्गत कालिकास्थान-पुडिटार-लामेआहाल सडक स्तरोन्नति थालिएको छ।

पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे।

विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लामो सडकको लागत अनुमान १ अर्ब ८ करोड ४८ लाख ९१ हजार ३ सय २६ रुपैयाँ रहेकामा ७७ करोड ६८ लाख ९२ हजार ८ सय ३७ रुपैयाँमा आशिष निर्माण सेवा प्रालिसँग यही असार ६ गते ठेक्का सम्झौता भइ काम सुरु गरिएको हो। ठेक्का सम्झौताको मितिबाट तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने जनाइएको छ।

शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सडक आयोजना महानगरको गौरवको आयोजना भएको बताउँदै महानगरभित्र २८ अर्बभन्दा बढीका विभिन्न आयोजना सञ्चालन भइरहेको बताए। 
सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले पोखराको विकासलाई पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकतामा भएको बताए। 

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले समयमा नै काम सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग आवश्यक भएको बताए। रासस 


प्रकाशित : मंगलबार, असार २५ २०८११६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend