बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कर्णालीका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध

सोमबार, असार २४ २०८१
कर्णालीका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध

नेपालगञ्जबाट तारा, सीता र समिट एयरको जहाजले उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो।

हुम्ला- लगातार पानी परेपछि कर्णाली प्रदेशका हिमाली जिल्लामा पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ।

यही असार १९ गतेयता कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले बताए। उनका अनुसार डोल्पा, मुगु, जुम्ला र हुम्लामा हवाई उडान अवरुद्ध छ।

नेपालगञ्जबाट तारा, सीता र समिट एयरको जहाजले हिमाली चार जिल्लाका लागि उडान भर्ने तयारी गरे पनि मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको हो।

हवाईसेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने तयारी गरेका पर्यटकहरू चीनको ताक्लाकोटबाट तिब्बती हुँदै केरुङ हुँदै काठमाडौं फर्किएका छन्।

मानसरोवर कैलाशको दर्शन गरेर फर्केका आठजना भने सिमकोटबाट हेलिकप्टरमार्फत नेपालगञ्ज फर्किएका छन्। रासस


प्रकाशित : सोमबार, असार २४ २०८११७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend