बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उपत्यकाका तारे होटल तथा रिसोर्टमा हेलिकोप्टर उडान तथा अवतरणमा रोक

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २३ २०८१
उपत्यकाका तारे होटल तथा रिसोर्टमा हेलिकोप्टर उडान तथा अवतरणमा रोक

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै उपत्यकाका तारे होटल तथा रिसोर्टमा हेलिकोप्टर उडान तथा अवतरणमा रोक लगाएको छ।

प्राधिकणले ललितपुरको टेरेस रिसोर्टलगायतमा हेलिकोप्टर उडान तथा अवतरणमा रोक लगाएको छ। प्राधिकरण स्रोतका अनुसार हवाई रुटमा परेका होटल तथा रिसोर्टमा उडान तथा अवतरण बन्द गरिएको हो।

हवाई सुरक्षासँग जोडिएका विषयले गर्दा उडानमा प्रतिबन्ध लगाएको प्राधिकरणको भनाइ छ। स्रोतका अनुसार लिखित रुपमा नै पत्राचार नभए पनि मौखिम रुपमा नै हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइएको हो।

हायात होटल र द्वारिकाज होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे २० र चन्द्रागिरि र टेरेस रिसोर्ट ०२ रनवेको उडान तथा अवतरणमा परेका कारण उडानमा रोक लगाएको प्राधिकरणको स्रोतको दाबी छ।

पछिल्लो समय होटलबाट उडेका र अवतरणका लागि गएका हेलिकोप्टरले उडानमा असर गरेको निष्कर्षसहित उडानमा प्रतिबन्ध लगाइएको छ।

साथ प्राधिकरणले उद्धारबाहेक अन्य रुफटपमा अवतरणलाई पनि बन्द गरेको छ। अस्पतालहरूको रुफटपमा समेत उडान प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ। 


प्रकाशित : आइतबार, असार २३ २०८११६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend