शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

३ खर्ब ८३ अर्ब सहुलियत ऋणमा काठमाडौं-रक्सौल रेलमार्ग निर्माण गर्ने भारतीय प्रस्ताव

आइतबार, असार २३ २०८१
३ खर्ब ८३ अर्ब सहुलियत ऋणमा काठमाडौं-रक्सौल रेलमार्ग निर्माण गर्ने भारतीय प्रस्ताव
सांकेतिक तस्बिर।

भारतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गतवर्ष नै भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो।

काठमाडौं- भारतले सहुलियत ऋण दिएर काठमाडौं-रक्सौल रेलमार्ग निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ। १ सय ४० किलोमिटर लम्बाइ हुने परियोजनाको लागत करिब ३ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ।

नेपाललले भने यसमा केही अनुदान हुनुपर्ने प्रस्ताव गरेको छ। भारतले एक्जिम बैंकमार्फत सस्ताे ब्याजदरमा ऋण दिने प्रस्ताव गरेकाे हाे। नेपालले कम्तिमा ४० प्रतिशत अनुदान दिन आग्रह गरेकाे छ। 

भारतले दुई छिमेकी देशसमेतलाई समेटेर रेल-वे सेवा विस्तार गर्दै छ। भारतले उत्तरपूर्वी क्षेत्रलाई समेट्ने गरी नेपाल र बंगलादेश जोड्ने गरी रेलवे सेवा विस्तार गर्न लागेको हो। सोही परियोजना अन्तर्गत रक्सौल-काठमाडौं रेलसमेत राख्ने गरी भारत पक्षले प्रक्रिया अगाडि बढाएको छ। 

भारतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गतवर्ष नै भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो।

काठमाडौंलाई छोटो दुरी र कम समयमा तराईसँग जोड्ने ७०.९७ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन अवस्थामा छ। अर्काेतर्फ सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माणको प्रक्रियामा राखेको छ। 

प्रतिवेदनअनुसार यो रेलमार्गमा ३१ वटा सुरुङमार्ग बन्नेछन्। सुरूङकै कुल लम्बाइ ४०.८६ किलोमिटर हुनेछ। छिमेकी देश भारतलाई जोड्ने प्रस्तावित रक्सौल बिन्दु र काठमाडौं जोड्ने उक्त रेलमार्ग १४०.७९ किलोमीटर लम्बाइको हुनेछ।

यो रेलमार्गमा विभिन्न स्थानमा गरेर १२ वटा स्टेशन हुनेछन्। त्यसमा रक्सौल, वीरगञ्ज, बेलवा, मनहरवा, सपही बजार, निजगढ, मकवानपुर, दियाल, शिखरपुर, सिस्नेरी, सतिखेल र काठमाडौंमा रेल स्टेशन हुनेछन्। 

नेपाल र बंगलादेश जोडेर रेलवे विस्तार गर्दै भारत, नेपालतर्फ मात्रै २ सय किलाेमिटर विस्तार गर्ने प्रस्ताव नेपाल र बंगलादेश जोडेर रेलवे विस्तार गर्दै भारत, नेपालतर्फ मात्रै २ सय किलाेमिटर विस्तार गर्ने प्रस्ताव

रेलमार्ग ५ वर्षमा सम्पन्न गर्न सकिने उल्लेख छ। यो रेलमार्ग बनाउन नेपालले ३ खर्ब ८३ अर्ब रुपैयाँ लगानी जुटाउनुपर्छ। उक्त प्रतिवेदनले प्रस्तावित लगानी भारतीय रुपैयाँ २ खर्ब ३९ अर्ब ४५ करोड ३३ लाख आवश्यक हुने उल्लेख गरेको छ। 

२०७७ सालमै नेपाल सरकारले यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेपनि गतवर्षमात्रै सकेर नेपाललाई बुझाएको थियो। 

यसरी विस्तार गरिने रेलवे सेवाले उत्तरपूर्वी क्षेत्रमा हुने यात्राको समय कम हुने अपेक्षा गरिएको छ। यो सेवा विस्तारका लागि भारतीय रेलवेजले काम गरिरहेको छ। यो रेलवे रुट बनेमा भारतको पश्चिम बंगालको सिलिगुढी क्षेत्रमा जान नपर्ने अपेक्षा गरिएको छ।

भारतीय रेलवेजले गरेको फाइनल लोकेसन सर्भेअनुसार यो रुटको दुरी १ हजार २ सय ७५.५ किलोमिटर हुनेछ। फाइनल लोकेसन सर्भेका आधारमा नेपाल र बंगलादेशलाई समेटेर बनाइने यो रेवले रुटले भारतको उत्तरपूर्वी क्षेत्र जोड्ने वैकल्पिक रुट बन्ने छ। 

यो रेलवे रुटअन्तर्गत बंगलादेशमा ५ सय किलोमिटर पर्नेछ। त्यस्तै नेपालतर्फ २ सय किलोमिटरभन्दा बढी रेलवे रुट पर्नेछ। भारतको उत्तरपूर्वी क्षेत्रमा २ सय १२ किलोमिटर रेलवे रुट विस्तार आवश्यक देखिएको छ।

त्यस्तै करिब २ सय ५० किलोमिटर नयाँ लाइन भने पश्चिम बंगाल, बंगलादेश र मेघालयमा जोडिनेछ। पश्चिम बंगाल र बंगलादेश रुटमा क्रमशः ८० र ६० किलोमिटर नयाँ रेलवे लाइन बन्नेछ। नेपालतर्फको नयाँ रुटमा विराटनगर-न्यू मल १ सय ९० किलोमिटर बन्ने छ।

यसले नेपाल र भारतबीचको आवतजावत सहज बनाउने छ। त्यस्तै गलगालिया भद्रपुर काजली बजार खण्डमा पनि नयाँ रुट नै बनाउनुपर्ने छ। भारतको पश्चिम बंगालमा पनि १ सय ७० किलोमिटर, १८ किलोमिटर र २५ किलोमिटरको नयाँ खण्ड बनाउनुपर्ने छ।

भारतले तयार पार्‍यो रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर, मोडालिटी टुंग्याएर निर्माण गर्न तयार भारतले तयार पार्‍यो रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर, मोडालिटी टुंग्याएर निर्माण गर्न तयार

रेखांकन संशोधन गर्न नेपाल पक्षले पठायो प्रस्ताव

काठमाडौं-रक्सौल रेलमार्गको तोकिएको रेखांकन संशोधन गरिने भएको छ। भारतीय कम्पनी भारतीय कोंकण रेलवे कर्पाेरेशन लिमिटेडले गरेको ‘फाइनल लोकेशन सर्वेक्षण’ मा नेपालले रेखांकन संशोधनको लागि प्रस्ताव भारतीय पक्षलाई पठाएको हो। 

भारतले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गतवर्षनै भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहाललाई बुझाएको थियो। नेपालले निजगढ विमानस्थल र काठमाडौं-निजगढ द्रुतमार्ग र युरोनियम खानी समेत उक्त रेखांकनमा परेपनि संशोधनको लागि भारतीय पक्षलाई प्रस्ताव पठाएको हो। 

नेपालले प्रस्तावित काठमाडौं-रक्सौल रेलमार्गको रेखांकन केही ठाउँमा परिवर्तन गर्नुपर्ने र बाटोमा पर्ने प्रस्तावित निजगढ विमानस्थल र काठमाडौं-निजगढ द्रुतमार्गसँग रेलमार्ग नजुधाउन आवश्यक संरचना निर्माण गर्नुपर्ने गरी भारतीय पक्षलाई सुझाव दिएको छ। 


प्रकाशित : आइतबार, असार २३ २०८१०७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend