बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३
वायुसेवा निगममा मनपरी

कार्यकारी अध्यक्ष अधिकारी र कानूनी सल्लाहकार पन्त निगमको खर्चमा श्रीमतीसहित अष्ट्रेलिया उड्दै, डलरमा भत्ता

बराललाई एक महिनाको ३६ सय डलर भत्ता दिएर पठाइयो अष्ट्रेलिया

शुक्रबार, असार २१ २०८१
कार्यकारी अध्यक्ष अधिकारी र कानूनी सल्लाहकार पन्त निगमको खर्चमा श्रीमतीसहित अष्ट्रेलिया उड्दै, डलरमा भत्ता

यसबाहेक पनि अधिकारीले उडान नै नभएको र तत्काल उडानको सम्भावन नै नभएको ठाउँका लागि सरुवा गरेका आफूनिकट विपुला बराललाई १ तारेखमा नै अष्ट्रेलिया पठाएका छन्।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको कारबाहीमा परेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी आफ्नी श्रीमती, कानूनी सल्लाहकार सुशिल पन्त र पन्तकी श्रीमतीसहित टोली नै लिएर अष्ट्रेलिया भ्रमणमा जान लागेका छन्। 

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर आँच आउने काम गरेको भन्दै कारबाही गरेको छ। प्राधिकरणले अधिकारीलाई एकाउन्टेबल म्यानेजरको जिम्मेवारीमा काम गर्न रोक लगाएको छ।

अधिकारीले वाइडबडी जहाज सी-चेकका लागि प्राधिकरणबाट अनुमति नलिइ इटाली पठाएका थिए। अधिकारीले सेटिङमा इटालियन कम्पनी छनोट गर्दै कानूनी प्रक्रिया नै पूरा नगरी जहाज पठाएका थिए।

उक्त विषयमा प्राधिकरणले अध्ययन गरिरहेको छ। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सी-चेक प्रकरणमा विवरण मागिसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत छानबीन समिति गठन गरिसकेको छ। 

यस्तोमा कार्यकारी अध्यक्ष अधिकारी अनावश्यक काम देखाउँदै श्रीमतीसहित निगमको खर्चमा अष्ट्रेलिया भ्रमणमा जान लागेका छन्। अधिकारीले साथमा कानूनी सल्लाहकार सुशिल पन्त र उनकी श्रीमतीलाई समेत अष्टेलिया लैजाँदै छन्।

अधिकारीको कमाउ धन्दामा साथ दिन सञ्चालक किशोर प्रधान, कर्मचारी टंक दाहाल, अशोक सिग्देल र दिपेन्द्र सुवेदी पनि अष्ट्रेलिया जाँदै छन्। स्रोतका अनुसार उनीहरू शुक्रबार नै अष्ट्रेलिया जाने तयारीमा थिए। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयले कागजपत्र माग गरेका कारण अष्ट्रेलिया उडानको तालिका केही दिनलाई सारेका छन्। 

यसबाहेक पनि अधिकारीले उडान नै नभएको र तत्काल उडानको सम्भावन नै नभएको ठाउँका लागि सरुवा गरेका आफूनिकट विपुला बराललाई १ तारेखमा नै अष्ट्रेलिया पठाएका छन्। बराल एक महिनाको भत्ता लिएर अष्ट्रेलिया उडिसकेकी छिन्।  

बरालले दैनिक पाउने १ सय २० डलरको दरमा ३० दिनमा ३६ सय डलर भत्ता बुझेर अष्ट्रेलिया उडेको स्रोतको दाबी छ। बराल अष्ट्रेलियामा आफ्नो नातिको पास्नीका लागि निगमको खर्चमा अहिले नै गएकी हुन्।

निगमको अष्ट्रेलिया उडानका लागि आवश्यक तयारीको कामका लागि जाने प्रयोजन बनाएर अधिकारी र कानूनी सल्लाकार पन्त श्रीमतीसहित अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन्।

स्रोतका अनुसार जुन प्रयोजन भनेर भनिएको छ त्यो अष्ट्रेलियाको उड्डयन नियमन निकायबाट उडानको अनुमति नभएसम्म कुनै तयारी गर्नुपर्ने देखिँदैन। स्रोतका अनुसार त्यहाँको नियमन निकायसँग भेटघाट हुने अहिले कुनै तालिका छैन। 

अधिकारीले वाइडब सी-चेकका लागि कम्पनी छनोटमा सहयोग गर्ने कर्मचारी तथा सञ्चालकलाई 'रिफ्रेस' गर्न लगेको स्रोतको दाबी छ।

यसबाहेक बराललाई साउनपछि पठाउन नमिल्ने भएकाले सेटिङमा अहिले नै पठाइएको छ। यो टोलीको भ्रमणमा सवा करोडभन्दा बढी खर्च हुने स्रोतको दाबी छ।

तहगत कर्मचारीले पाउने भ्रमण सुविधा 

bhatta.jpg


प्रकाशित : शुक्रबार, असार २१ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend