सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

५ अर्ब ५९ करोड ठगी प्रकरणमा इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश

बुधबार, पुस १४ २०७८
५ अर्ब ५९ करोड ठगी प्रकरणमा इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश

काठमाडौं- पाँच अर्ब ५९ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

यी दुईसहित प्रकरणमा जोडिएका १२ जनामध्ये १ जनालाई साधरण तारेखमा र ९ जनालाई धराैटीमा छाड्न आदेश भएको हो।

संगठित अपराध गरेको भन्दै सरकारी वकिलको कार्यालयले तामाङसहित ४२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सिभिल सहकारीको नाममा सर्वसाधारणको रकम लिएर फिर्ता नगरेको, जनताको पैसाको दुरुपयोग गरेको जस्ता विषयमा नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्यूरोले छानवीन गरेको थियो। अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी) ले  सरकारी वकिलको कार्यालयमा मंसिर १० गते प्रतिवेदन बुझाएको थियो। 

प्रहरीले बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिवाना माग गर्नुपर्ने सुझाव दिइएको थियो। प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि प्रतिवेदन बुझाएको थियो। 

तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रहरीले प्रतिवेदन तयार गरेको थियो। 


प्रकाशित : बुधबार, पुस १४ २०७८१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend