बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

बुद्ध एयरले थप्यो १८औँ जहाज, धनगढीमा सेवा विस्तारसँगै सिक्किम र गुवाहाटीमा उडानको तयारी

शनिबार, असार १५ २०८१
बुद्ध एयरले थप्यो १८औँ जहाज, धनगढीमा सेवा विस्तारसँगै सिक्किम र गुवाहाटीमा उडानको तयारी

हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ। थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने योजना रहेको छ।

काठमाडौं- बुद्ध एयरले थप एउटा 'एटीआर ७२' जहाज नेपाल भित्र्याएको छ। योसँगै बुद्ध एयरसँग १८ वटा जहाज भएको छ। बुद्धसँग ३ वटा एटीआर ४२ र १५ वटा एटीआर ७२ जहाज भएको छ।

एयरले साउन १ देखी सुर्खेत र धनगढीमा एक अतिरित्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गर्ने बुद्धले जनाएको छ। साथै मर्मत-सम्भारसँगै उडान तालिका बढी प्रभावकारी बनाइने एयरको भनाइ छ।

१८औँ जहाज यही साउनदेखि उडानमा आउने एयरले जनाएको छ। कल साइन नाइन एन एएनजेट जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको एयरले जनाएको छ। अब एयरसँग ३ वटा एटीआर-४२ र १५ वटा एटीआर- ७२ जहाज भएका छन्।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुध्द एयरले जहाज थप गरेको बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए। ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने छ।

'हामी उडान तालिकालाई  प्रभावकारिकाताका साथ सञ्चालन गर्ने हो', उनले भने। थपिएको जहाजबाट साउन १ देखि धनगढी तथा सुर्खेतमा थप १ उडान भर्ने योजना कम्पनीको रहेको छ।

हाल धनगढी तथा सुर्खेतमा दैनिक २ उडान भइरहेको छ। थपिएको जहाजबाट अन्य गन्तव्यहरुमा पनि उडान संख्या थप्ने योजना रहेको छ।

एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ। अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ।

budd.jpg

यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ। योसँगै बुद्ध एयरले भारतको सिक्किम र गुवाहाटीमा समेत उडानको तयारी गरिरहेको छ। बुद्ध एयरले भारतको दुई गन्तव्यमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिने तयारी गरेको छ।

बुद्ध एयर अहिले नेपालमा सबैभन्दा बढी उडान गर्ने एयरलाइन्स हो। बुद्धको बजार हिस्सा २०२४ को तीन महिनामै ६३.५० प्रतिशत पुगेको थियो। बुद्ध एयरले सन् २०२४ को ३ महिनामै ६ लाख ४८ हजार २ सय ६५ यात्रुलाई सेवा दिएको छ।

बुद्ध एयरले अहिले काठमाडौंबाट माउन्टेन उडानसहित धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, सिमरा, जनकपुर, राजविराज, विराटनगर, भद्रपुर र तुम्लिङटारमा उडान गरिरहेको छ। यसैगरी पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जमा समेत उडान गरिरहेको छ। 

bu.jpg

 


प्रकाशित : शनिबार, असार १५ २०८१०९:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend