सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
नयाँ मोदी–लाहाचोक प्रसारण लाइन सञ्चालनमा

नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।  

काठमाडौं- नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।  

नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको छ। लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ। निर्माण सम्पन्न सबस्टेसनवाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति दिइनेछ। 

यसवाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरिय र भरपर्दो हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनले भने– ‘पोखरावाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो। अब लाहाचोक सबस्टेशनवाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाउनेछन् भने विद्युत चुहावट समेत घट्नेछ।’

आयोजना अन्र्तगत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ। एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्र्तगत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ । 

सन् २०१८ जुलाई २१ वाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै बन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए।

 


प्रकाशित : बुधबार, पुस १४ २०७८१०:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend