शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

३ करोड ५७ लाखमा राउते खोलामा पक्की पुल निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १४ २०८१
३ करोड ५७ लाखमा राउते खोलामा पक्की पुल निर्माण

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ। पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको छ।

भोजपुर- राउते खोला पक्की पुल निर्माण भएको छ। भोजपुरको टेम्केमैयुङ-९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले ३ करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो।

'राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो। पुल बनेसँगै स्थानीयलाई सहज भएको छ', उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने। 

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ। पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए। रासस 


प्रकाशित : शुक्रबार, असार १४ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend