बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

वरिष्ठ पाइलट विज‍य लामाको उडान प्रतिबन्ध फुकुवा

बिहीबार , असार १३ २०८१
वरिष्ठ पाइलट विज‍य लामाको उडान प्रतिबन्ध फुकुवा

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का वरिष्ठ पाइलट विजय लामाको उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको छ।

तीन साता अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा गम्भीर आँच आउने गतिविधि गरेको भन्दै लामालाई उडानमा रोक लगाएको थियो। लामा वाइडबडी ए ३३० को आइपी पाइलट हुन्।

उनलाई प्राधिकरणले २५ हजार जरिबाना तिराएर प्रतिबन्ध फुकुवा गरेको हो। प्राधिकरणका अनुसार लामाले अब हवाई सुरक्षामा आँच आउने गतिविधि नगर्ने प्रतिबद्धता गरेका छन्।

लामाले आफूले नियत नै राखेर कुनै पनि काम नगरेको तर त्यसले हवाई सुरक्षामा आँच आउन सक्ने प्राधिकरणको ठहरलाई सम्मान गर्ने समेत बयानमा बताएका थिए। लामाको प्रतिबद्धतापछि उडानमा लागेको प्रतिबन्ध फुकुवा भएको प्राधिकरणको भनाइ छ।


प्रकाशित : बिहीबार , असार १३ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend