मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एस्कर्टस इन्डियाद्वारा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् अवार्ड

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
एस्कर्टस इन्डियाद्वारा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् अवार्ड

काठमाडौं- एस्कर्टस लिमिटेड इन्डियाद्धारा आइएमई अटोमोटिभ्स्लाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरेको छ।
भारतमा आयोजित एक विशेष कार्यक्रमबीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरले विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ् बिजनेस पार्टनरको रुपमा समान गरेका हुन।

अघिलो वर्षमा आइएमईले गरेको मार्केट शेयरको बृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठूलो भुमिका खेलेको हुनाले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताए।

आइएमई अटोमोटिभ्स हेभि इक्युपमेन्ट सेग्मेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले जानकारी दिए। 

आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्री गर्दै आएको छ। आफ्नो नेपालभरका ११ वटा सरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend