बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

श्री एयरलाइन्सले थप्यो ८० सिट क्षमताको विमान, भारतको ३ सहरमा उडानको तयारी

भरतपुरमा नियमित उडानसँगै पोखराबाट पश्चिम र पूर्व माउन्टेन उडान गर्ने

शनिबार, असार ८ २०८१
श्री एयरलाइन्सले थप्यो ८० सिट क्षमताको विमान, भारतको ३ सहरमा उडानको तयारी

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एउटा वायुयान नेपाल भित्र्याएको छ। आन्तरिक उडानमा आक्रमक बजार विस्तारमा लागेको श्री एयरलाइन्सले ८० सिट क्षमताको क्यू ४०० ड्यास ८ विमान थप गरेको हो।

योसँगै एयरलाइन्ससँग अब ११ वटा जहाज भएको छ। एयरलाइन्ससँग ७ वटा ८० सिट क्षमताका जहाज भएका छन्। यसैगरी एयरलाइन्ससँग ४ वटा सीआरजे जहाज छन्।

यसैगरी कम्पनीसँग ८ वटा हेलिकोप्टरसमेत रहेको छ। श्री एयर २०५५ सालदेखि हवाई सेवा छ। श्रीले अहिले काठमाडौंबाट माउन्टेन उडान सहित धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, सुर्खेत र विराटनगरमा उडान गरी रहेको छ।

श्री एयरलाइन्सले नेपालगञ्जबाट समेत मानसरोवरको लागि माउन्टेन उडान गरिरहेको छ। एयरलाइन्सले अहिले चितवनको भरतपुर उडानको तयारी गरिरहेको छ।

shree b.jpg

भतपुरमा प्रुफिङ उडानसमेत गरिसकेको छ। अब केही समयमा नै एयरले नियमित उडान गर्ने तयारी गरेको छ। श्रीको भरतपुर उडानसँगै यो गन्तव्यमा बुद्ध र श्रीबीच प्रतिस्पर्धा हुने छ। भरतपुरमा लामोसमयदेखि बुद्धको मात्रै उडान थियो।

नयाँ थप विमानपछि  पोखराबाट समेत माउन्टेन उडान गर्ने तयारी भएको एयरलाइन्सका बजार व्यवस्थापक अनिल मान्नधरले जानकारी थिए। एयरलाइन्सले पोखराबाट पूर्व र पश्चिम एक-एक माउन्टेन उडान गर्ने तयारी गरेको छ। 

भारतको तीन गन्तव्यमा उडानको तयारी

जहाज संख्या थपेसँगै एयरलाइन्सले भारतको ३ वटा सहरमा उडानको तयारी गरेको छ। एयरलाइन्सले भारतको ३ वटा सहरमा उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन समेत दिएको छ।

एयरलाइन्स स्रोतका अनुसार एयरलाइन्सले जयपुर, अहमवाद र कोलकाता उडानका लागि तयारी गरेको छ। अब एयरलाइन्सले सीआरज जहाज भने नथप्ने भएको छ। एयरलाइन्सले अब क्यू ४०० ड्यास ८ जहाज मात्रै थप्ने जनाएको छ। 


प्रकाशित : शनिबार, असार ८ २०८१०८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend