बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भक्तपुरको नलिनचोकमा तयार भएको अत्याधुनिक हेलिपोर्ट सञ्चालनमा, १२ हेलिकोप्टर कम्पनीले उडान गर्ने

शुक्रबार, असार ७ २०८१
भक्तपुरको नलिनचोकमा तयार भएको अत्याधुनिक हेलिपोर्ट सञ्चालनमा, १२ हेलिकोप्टर कम्पनीले उडान गर्ने

कठमाडौं- भक्तपुरको नलिनचोकमा निर्माण सम्पन्न भएको हेलिपोर्ट सञ्चालनमा आएको छ। नागरिक उड्ययन प्राधिकरणले भक्तपुर नलिनचोकमा निर्माण गरेको सुविधासम्पन्न हेलिपोर्टमा सञ्चालनमा ल्याएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिपोर्ट हटाउने योजनाअनुसार प्राधिकरणले नलिनचोकमा हेलिपोर्ट बनाएको हो। जहाँ २७ वटा हेलिकप्टर अट्ने क्षमता रहेको छ।  

अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो हुँदै गएको हुँदा सुरक्षित र द्रुत सेवाका लागि भन्दै प्राधिकरणले झण्डै ३० करोड रुपैयाँ लागतमा नलिनचोकमा हेलिपोर्ट निर्माण गरेको हो। 

अहिले काठमाडौंको विमानस्थलमा आन्तरिक नियमित, अन्तर्राष्ट्रिय  र कार्गो उडान हुँदै आएको छ। हेलिकप्टरका लागि पनि दैनिक यात्रुहरू विमानस्थलकै सुरक्षा घेरा पार गर्दै गइरहेका हुन्छन्।

अरु सबै उडानको प्रकृति उस्तै भए पनि हेलिकप्टरको उडान तथा सञ्चालन विधि र प्रक्रिया नै फरक भएकाले विमानस्थलबाट छुट्याउनुपर्ने प्राधिकरणले निष्कर्षसहित यो हेलिपोर्ट निर्माण थालिएको थियो। 

उच्च पदस्थ नेतादेखि दैनिक पर्वतीय उडानमा जाने यात्रुहरू हेलिप्याडसम्मै पुगेर यात्रा गर्ने गरेका छन्। हेलिकप्टर पनि सँगै हुँदा कतिपय नेताहरू प्रोटोकलविपरीत निजी गाडी हेलिप्याडसम्मै लैजाने गरेका थिए।  

नलिनचोकमा प्राधिकरणकै ४० रोपनी जग्गा भएको र त्यहीँ ठाउँमा हेलिपोर्ट निर्माण भएको हो। हेलिकप्टरका लागि व्यवस्थित र सुरक्षित पूर्वाधार निर्माण भएको प्राधिकरणले जनाएको छ।

WhatsApp Image 2024-06-21 at 11.10.28.jpeg

प्राधिकरण महानिर्देशकको जिम्मेवारीमा प्रदीप अधिकारी आएसँगै हेलिपोर्ट निर्माणका लागि तीब्रता दिएका थिए। महानिर्देशक अधिकारीले तत्कालका लागि १२ वटा हेलिकोप्टरले उडान भर्ने गरी हेलिपोर्ट सञ्चालनमा आएको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई ट्राफिक जामलाई न्यूनीकरण गर्न हेलिपोर्टले सहयोग गर्ने महानिर्देशक अधिकारीको भनाइ छ। पछिल्लो समय विमानस्थलको स्तरोन्नतिको कामसमेत भइरहेको बेला पहिलो चरणमा १२ वटा हेलिकोप्टरले उडान गर्ने गरी हेलिपोर्ट तयार भएको हो।

WhatsApp Image 2024-06-21 at 11.10.27 (1).jpeg

हेलिकोप्टरको रात्रिकालीन पार्किङसमेत हेलिपोर्टमै हुने छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हेलिकोप्टरसमेत उडान गर्दा एयर ट्राफिकमा समस्या भएको गुनासो बढिरहेको बेला प्राधिकरणले हेलिकोप्टरका लागि छुट्टै हेलिप्याड बनाएको हो।

हेलिपोर्ट निर्माणका लागि १५ करोड र टर्मिनल भवन निर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको थियो। हाल नेपालमा तीन दर्जन हेलिकप्टर उड्ने गरेकामा अधिकांश काठमाडौंभित्रै केन्द्रित छन्। 

प्राधिकरणले सूर्यविनायक नगरपालिकाको नलिञ्चोकको ३३ एकड क्षेत्र क्षेत्रफल जग्गामा हवाई इन्धन भण्डारण, अग्नि नियन्त्रणका लागि दमकल सेवा, हेलिकप्टर सेवा प्रदायक कम्पनीको उडान व्यवस्थापन कार्यालय, ह्याङ्गरलगायतका सुविधासमेत थप गर्दै छ। 

WhatsApp Image 2024-06-21 at 11.10.27.jpeg


प्रकाशित : शुक्रबार, असार ७ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend