बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने प्रधानमन्त्री दाहालको घोषणा

बिहीबार , असार ६ २०८१
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने प्रधानमन्त्री दाहालको घोषणा

‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक-निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने छ,’ प्रधानमन्त्री पुष्पकमल दाहालले भने।

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलहरु एउटै प्याकेज बनाएर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालनको जिम्मा दिन लागेको स्पष्ट पारेका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताका साथ कार्य भइरहेको समेत उनले संसदमा जानकारी दिए।

‘अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुट तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको छ,’ प्रधानमन्त्री दाहालले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरु दिगोरुपमा सञ्चालन गर्न सार्वजनिक-निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको समेत प्रधानमन्त्री दाहालले बताए।  

‘समितिको प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरु सार्वजनिक-निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तय गरी कार्यान्वयनमा ल्याइने छ,’ दाहालले भने।

सरकारले भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित निजगढ विमानस्थल समेत प्याकेजमा पीपीपी मोडलमा निर्माण र व्यवस्थापनको जिम्मा दिने गरी प्रक्रिया अगाडि बढाएको छ। 


प्रकाशित : बिहीबार , असार ६ २०८११५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend