बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

श्री एयरलाइन्सले गर्‍यो भरतपुर विमानस्थलमा परीक्षण उडान, नियमित उडानमा जान तयार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ६ २०८१
श्री एयरलाइन्सले गर्‍यो भरतपुर विमानस्थलमा परीक्षण उडान, नियमित उडानमा जान तयार

परीक्षण उडानपश्चात नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपछि नियमित उडानहरू सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ।

काठमाडौं- श्री एयरलाइन्सको क्यू ४०० ड्यास ८ विमानबाट भरतपुर विमानस्थलमा परिक्षण उडान सम्पन्न भएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा पयर्टकहरूको पहुँच अझ सहज र सुरक्षित गर्ने उद्देश्यका साथै पूर्वपश्चिम राजमार्गको केन्द्रबिन्दु र व्यापारिक क्षेत्रमा यात्रुहरूको अत्याधिक चापलाई सहज गर्न भरतपुर विमानस्थलमा हवाई सेवा विस्तार गर्न लागिएको श्री एयरलाइन्सले जनाएको छ।

पर्यटन व्यवसायीहरू तथा विभिन्न क्षेत्रबाट विमान सेवा सञ्चालन गरिदिन अनुरोध गरिएअनुसार भरतपुर विमानस्थलमा क्यानाडा निर्मित अत्याधुनिक क्यु ४०० ड्यास ८ विमानबाट असार ६ गते पहिलोपटक परिक्षण उडान सम्पन्न गरिएको एयरलाइन्सले जनाएको छ।

क्यानाडाको तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडा निर्मित ८० सिट क्षमताका क्यु ४०० ड्यास ८ विमान अत्यन्तै आरामदायक, सुरक्षित तथा यात्रुहरूलाई कमध्वनी अनुभूति दिने र भरपर्दो क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्षपावका पीडब्लू१५०ए इन्जिन जडित भएको विमान हो।

सन् २०१७ बाट ५० सिट क्षमताका २ वटा सिआरजे २०० तथा ७० सिट क्षमताको २ वटा सिआरजे ७०० जेट विमानहरूबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन सुरु गरि छोटो समयमा आन्तरिक हवाई सेवामा उत्कृष्ट सेवा प्रदायक हुन सफलता प्राप्त गरेको एयरलाइन्सले जनाएको छ।

श्री एयरलाइन्सले सेवा सुरु गरिसकेपछि यात्रुहरूले सहुलियत भाडादरमा यात्रा गर्न पाएका छन्। सिआरजे २००/७०० तथा क्यु ४०० ड्यास ८ विमानहरूबाट काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत आदि विमानस्थलहरूमा र पर्वतीय उडानहरू निर्यामत रुपमा हवाई सेवा सञ्चालन गरिरहेको छ।

परीक्षण उडानपश्चात नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएपछि नियमित उडानहरू सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ।


प्रकाशित : बिहीबार , असार ६ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend