सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

डोल्पा सदरमुकाममा विद्युत् सेवा अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १३ २०७८
डोल्पा सदरमुकाममा विद्युत् सेवा अवरुद्ध

जाजरकोट- डोल्पाको सदरमुकामलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। जैसीगाड जलविद्युत् आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको हो।

उपकरणको मर्मतका लागि  वुटबल पठाएको आयोजनाका कर्मचारी मुस्कान रावलले जानकारी दिए। सो क्षेत्रमा हिउँदयाममा आलोपालो तरिकाले विद्युत् सेवा प्रदान गरिँदै आइएको थियो।

राष्ट्रिय प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुन वित्तिकै सबै सेवा बन्द हुने गर्दछ।

ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोबाट क्षमताको विद्युत् अब तीन हप्तापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ। जैरीगाड जलविद्युत्बाट एक हजार २५० घरधुरीले विद्युत् सेवाग्राही छन्। रासस 


प्रकाशित : मंगलबार, पुस १३ २०७८०८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend