आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बागलुङमा दुई वर्षमा बने ४१ झोलुंगे पुल

शनिबार, असार १ २०८१
बागलुङमा दुई वर्षमा बने ४१ झोलुंगे पुल
फाइल तस्बिर

झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन्। जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुंगे पुल निर्माण भएका हुन्।

ढोरपाटन- बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन्। आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुंगे निर्माण भएका हुन्।

झोलुंगे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन्। जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुंगे पुल निर्माण भएका हुन्।

पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई र अघिल्लो वर्ष चार गरी छ पुल निर्माण भएका छन्।

गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एक/एक गरी दुई पुल बनेका छन्। ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष चार र यस वर्ष दुई गरी छ पुल निर्माण भएको उनको भनाइ छ। जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष दुई गरी पाँच झोलुंगे पुल बनेको इञ्जिनियर चापागाईंले बताए।

चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी नौ वटा पुल बनेका छन्। तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा दुई र चालु वर्षमा एक गरी तीन वटा पुल बनेको उनले जानकारी दिए।

बडिगाड गाउँपालिकामा गत वर्ष एक र यस वर्ष यस वर्ष चार गरी पाँच वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउँछन्। ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए। काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताए।

पुल निर्माण भएपछि खोला वारपारमा निकै भहज भएको ढोरपाटन नगरपालिका-९ का बलबहादुर घर्तीमगरले बताए। उत्तरगंगा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँठाउँमा पुल बनेपछि समस्या समाधान भएको उनको भनाइ छ। बर्खाको समयमा उत्तरगंगा नदीले बर्सेनि दुई/तीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउँछ्न्।

उनले भने, 'हिउँदका समयमा बस्तुभाउ वारिपारी खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुविस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरु पनि सजिलै वारपार गर्नेछन्।' रासस


प्रकाशित : शनिबार, असार १ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend