बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भद्रपुरबाट सिक्किम र गुवाहाटी उडानको तयारीमा बुद्ध एयर

बिहीबार , जेठ ३१ २०८१
भद्रपुरबाट सिक्किम र गुवाहाटी उडानको तयारीमा बुद्ध एयर

बुद्ध एयरले अहिले काठमाडौंबाट भारतको बनारसमा सातामा २ वटा उडान गरिरहेको छ। अब थप दुई सहरमा उडानको तयारी थालेको हो।

काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भद्रपुर विमानस्थलबाट भारतको २ सहरमा उडानको तयारी गरेको छ।

भद्रपुरबाट सिक्किम र गुवाहाटीमा उडानका लागि आवश्यक अध्ययनसँगै तयारी तिव्ररुपमा गरिरहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

बुद्ध एयरले उडानकै लागि आफ्नो प्राविधिकसहितको टोलीसमेत सिक्किम तथा गुवाहाटी पठाएको थियो।

कम्पनीले अबको १५ दिनमा सबै तयारी पूरा गर्दै उडानका लागि आवश्यक अनुमति लिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समेत निवदेन दिने तयारी गरेको छ।

बुद्ध एयरले अहिले काठमाडौंबाट भारतको बनारसमा सातामा २ वटा उडान गरिरहेको छ।

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरसँग १७ वटा एटीआर जहाज छन्। 


प्रकाशित : बिहीबार , जेठ ३१ २०८११७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend