शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

पाँच महिना ढिला गरेर नागरिक उड्डयन प्राधिकरणको ४३ अर्बको बजेट पारित

images
आइतबार, पुस ११ २०७८
images
पाँच महिना ढिला गरेर नागरिक उड्डयन प्राधिकरणको ४३ अर्बको बजेट पारित
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष सुरू भएको पाँच महिनापछि बल्ल बजेट पास गरेको छ। आइतबार प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले ४३ अर्ब ६० करोड ७७ लाख रूपैयाँ बराबरको बजेट पारित गरेको हो। 

images
images
images

चालु आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि बजेट आएकोले कार्यन्वयनमा भने शंका उत्पन्न भएको छ।

images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको बैठकले बजेट पारित गरेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। ‘४३ अर्ब ६० करोड ७७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ,’ क्षेत्रीले भने। 

images
images

बजेटमा सबैभन्दा धेरै निर्माणको चरणमा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।

त्यस्तै भैरहवामा निर्माणमाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि ६ अर्ब रुपैयाँ छुट्याएको छ। निजगढ विमानस्थलका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ।

धनगढी विमानस्थलका लागि पर्यटनमन्त्री आलेले १ अर्ब रुपैयाँ छुट्याएका छन्। त्यस्तै भैरहवाको दोस्रो टर्मिनल भवन निर्माणका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ। 


प्रकाशित : आइतबार, पुस ११ २०७८१५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend