बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

गौतम बुद्ध विमानस्थल : ग्राउन्ड ह्यान्डलिङ सेवा निजी वायु सेवाबाट लिनेगरी कम्पनी छनोट प्रक्रिया सुरू

विमानस्थललाई आधार बनाएर उडान गर्नु पर्ने, ४ नेपाली वायु सेवा कम्पनी बीच प्रतिस्पर्धा हुने

बुधबार, जेठ ३० २०८१
गौतम बुद्ध विमानस्थल : ग्राउन्ड ह्यान्डलिङ सेवा निजी वायु सेवाबाट लिनेगरी कम्पनी छनोट प्रक्रिया सुरू

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालनमा प्रतिस्पर्धाबाट छनोट प्रकिया सुरू भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको वायुयानहरुको व्यवसायिक ग्राउन्डह्यान्डलिङ  सेवा उपलब्ध गाराउने गरी कम्पनी छनोट प्रक्रिया सुरू गरेको हो।

प्राधिकरणले विमानस्थल सञ्चालन आधार बनाइ नियमित उडान सेवा सुरु गर्ने नेपाल वायुसेवा निगमको अतिरिक्त ग्राउन्डह्यान्डलिङ सेवा उपलब्ध गराउने व्यवस्थाका लागि भन्दै सूचना जारी गरेको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने निजी हवाइ सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्ससँगै बुद्ध, यती र श्री एयरलाइन्स मध्येबाट ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गर्नेगरी कम्पनी छनोट गर्न लागेको हो।

यो विमानस्थल २०७९ जेठबाट सञ्चालनका आएको हो। विमानस्थल निर्माणमा जग्गा मुआब्जा सहित ३० अर्ब रूपैयाँभन्दा बढी खर्च भएको छ। तर विमानस्थलबाट सोचेअनुरुप अन्तरर्राष्ट्रिय उडान भएको छैन।

विमानस्थल सञ्चालनका लागि प्राधिकरणले अफर योजना पनि सञ्चालन गरिरहेको छ। तर विमानस्थलबाट उडान हुने सकेको छैन। प्राधिकरणले विमानस्थलको ग्राउन्डह्यान्डलिङ सेवा निजी वायु सेवा कम्पनी मार्फत गराउँदै विमानस्थलमा व्यवसायिक ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गर्दै  विमानस्थल पूर्णरुपमा सञ्चालन योजना अगाडि सारेको हो।

अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमले ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गरिरहेको छ। निगमकाे सेवा पनि निरन्तर नै रहने छ।

पहिले नै हिमालयले व्यवसायिक ग्राउन्डह्यान्डलिङ सेवा सञ्चालन गर्न दिए विमानस्थललाई आधार बनाएर उडान गर्ने बताउँदै आएको थियो।


प्रकाशित : बुधबार, जेठ ३० २०८१०८:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend