बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दुर्घटना भएमा के गर्ने भन्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन अभ्यास

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २८ २०८१
दुर्घटना भएमा के गर्ने भन्नेबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन अभ्यास

अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लोका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो।

काठमाडौं- विमान दुर्घटना भएमा के गर्ने भन्ने विषयमा आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन पूर्ण अभ्यास गरिएको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजे हवाई उडान तथा सुरक्षा मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन पूर्वअभ्यास गरिएको हो। 

विमानस्थलका प्रवक्ता सुवास झाल संकटकालीन अवस्था वा दुर्घटनाका बेला जनधनको क्षति न्यून गराउने र छिटोभन्दा द्धिटो विमानस्थलको सञ्चालन गराउने सम्बन्धमा सचेतना र सतर्कता अभिवृधिका लागि अभ्यास गराइएको बताए।

यस कार्यले संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोग अभिवृद्धि, सहभागी निकायहरुले निर्वाह गने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराउन भूमिका खेल्ने उनको भनाइ छ। 

यसैगरी अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको मुस्लोका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो।

हवाई उडान तथा सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल सङ्टकालीन योजनाअनुसार गरिने अभ्यासमध्ये विमानस्थलमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको प्रवक्ता झाले बताए।

airport dummy accident.jpg

यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा यस विमानस्थलको ‘एयरपोर्ट इमर्जेन्सी प्लान’अनुसार गरिने योजनाबद्ध अभ्यास भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।

विमानस्थल संकटकालीन योजनाको अभ्यास गर्नुपर्ने आइकाओको मापदण्ड तथा यस विमानस्थलको संकटकालीन योजनाअनुसार गरिने योजनाबद्ध अभ्यास भएको उनले बताए। 

airport practice.jpg

विमानस्थल धावनमार्गको पूर्वपट्टि चौरमा डेमो विमानमा दुर्घटनापछि यात्रु तथा चालकको उद्धारसम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो। अभ्यासका क्रममा पाँचवटा अन्तर्राष्ट्रिय उडानका जहाज आकाशमा ‘होल्ड’ भएका थिए।

उक्त अभ्यासको अवलोकन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारी, सुरक्षाकर्मीलगायत अधिकारीहरुको उपस्थिति थियो। 


प्रकाशित : सोमबार, जेठ २८ २०८११८:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend