शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

महासंघ वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

images
शनिबार, पुस १० २०७८
images
महासंघ वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

बागलुङ नगरपालिका-१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पुर्‍याउने नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ।

images
images

काठमाडौं- बागलुङ नगरपालिका-१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पुर्‍याउने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ।

images
images
images

अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग गरेका थिए।

images
images

ढकालको निजी लगानीमा सुविधा सम्पन्न सो भवन निर्माणपछि यस विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम संकलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरी हाल सञ्चालनमा छ।

images
images

विद्यालयको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सांसद डा सूर्य पाठक, विद्यालय सञ्चालक समितिका अध्यक्ष अध्यक्ष गुरुदत्त पाठक, विद्यालयका प्रधानाध्यापक बुद्धि चापागाईंले ढकाललाई सम्मान प्रदान गरेका थिए।

सोही अवसरमा उक्त विद्यालयका संस्थापक ९५ वर्षीय मणिरत्न पौडेल र सञ्चालन समितिका पूर्वअध्यक्षहरु कोपिलामणि शर्मा, भविश्वर शर्मा, भोजराज शर्मा र भविदत्त पन्तलाई पनि सम्मान प्रदान गरिएको थियो।

सो कार्यक्रममा सांसद डा पाठकले राज्यको लगानी अनुसारको शैक्षिक वातावरण सामुदायिक विद्यालयमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सो विद्यालयको विद्यार्थी हुन पाएकामा सदैव गौरव महसुस गर्ने गरेको बताए।

सो विद्यालयका दाता तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले उक्त विद्यालयाको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तोसुकै सहयोग उपलब्ध गराउने बताउँदै समयानुकल प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिन विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई आग्रह गरेका थिए।


प्रकाशित : शनिबार, पुस १० २०७८११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend