सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१३ हाइड्रोपावर कम्पनीको लाभांश घोषणामा ङादी ग्रुपको सबैभन्दा धेरै, थोरै दिनेमा नेपाल हाइड्रो हुँदा अन्यको कति?

शनिबार, पुस १० २०७८
१३ हाइड्रोपावर कम्पनीको लाभांश घोषणामा ङादी ग्रुपको सबैभन्दा धेरै, थोरै दिनेमा नेपाल हाइड्रो हुँदा अन्यको कति?

कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ नगद  गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। लाभांश घोषणा गर्नेमा सवैभन्दा थोरै भने नेपाल हाईड्रोले ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद गरी ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। 

काठमाडौं- गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत ४५ जलविद्युत कम्पनीमध्ये १३ कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमध्ये ङादी ग्रुप पावरले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ। 

कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ नगद  गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। लाभांश घोषणा गर्नेमा सबैभन्दा थोरै भने नेपाल हाइड्रोले ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद गरी ७.३६ प्रतिशत लाभांश घोषणा गरेको छ। 

घोषणा गरेकामध्ये दोस्रो धेरै लाभांश दिनेमा बुटवल पावर कम्पनी परेको छ। कम्पनीले १० प्रतिशत नगद र १० प्रतिशत बोनस गरी २० प्रतिशत लाभांश घोषणा गरेको छ। चिलिमे हाइड्रोपावरले साढे ७.५ प्रतिशत नगद र ७.५ बोनस सेयरसहित १५ प्रतिशत लाभांश घोषणा गरेको । 

अरुण कावेलीले पनि १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद रहेको छ। कालिका पावरले १५.७८ प्रतिशत लााभांश घोषणा गरेको छ। कम्पनीले दिने लाभांशमा १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद रहेको छ।

रैराङ जलविद्युत कम्पनीले १२.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। रिडी कम्पनीले पनि १२.६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। अपि पावरले ११.०५ प्रतिशत लाभांश घोषणा गरेको छ। १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांश रहेको छ। 

सानिमा माइले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। रुरु जलविद्युतले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

सिनर्जी पावरले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२ नगद लाभांश घोषणा गरेको छ। अरुण भ्यालीले पनि १०.५२ प्रतिशत लाभांश घोषणा गरिसकेको छ। कम्पनीले पनि १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। 


प्रकाशित : शनिबार, पुस १० २०७८११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend