बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

सोमबार, जेठ २१ २०८१
कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार स्तरोन्नतिअन्तर्गतका कामका लागि विमानस्थल दैनिक १० घण्टा बन्द हुने छ।

निरौलाका अनुसार उक्त समयमा हरेक दिन राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ। यसका लागि नोटाम (विमानस्थलका हुने सबै उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ। 

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ ट्याक्सी-वे निर्माण भइरहेको छ। ट्याक्सी-वे र धावन मार्ग जोडने लिंक-वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोडने वे निर्माणका लागि हरेक दिन १० घण्टा विमानस्थल बन्द गर्न लागिएको उनले जानकारी दिए।

अहिले समानान्तर ट्याक्सी-वे निर्माण भइरहेको छ। उक्त समयसम्ममा ट्याक्सी-वे निर्माणको काम अन्तिम चरणमा पुग्ने र लिंक-वे जडानको काम सुरु गर्नेगरी विमानस्थल बन्द गर्न लागिएको हो। 

करिब १० ठाउँबाट धावन मार्गलाई ट्याक्सी-वे तथा एप्रोनमा जोड्ने काम हुने छ। दसैँ तथा तिहारमा हुने आवागमनमा असर नगर्ने गरी समय छनोट गरेर विमानस्थल बन्द गर्न लागिएको हो। यसैगरी पर्यटकीय सिजन सकिने समय र जाडो मौसम सुरु हुने बेलामा पारेर काम गर्न लागिएको निरौलाले बताए। 

run way.png


प्रकाशित : सोमबार, जेठ २१ २०८११५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend