आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सेती लोकमार्ग : दुर्गौलीदेखि प्रतापपुरसम्म १० किलोमिटर कालोपत्र हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २० २०८१
सेती लोकमार्ग : दुर्गौलीदेखि प्रतापपुरसम्म १० किलोमिटर कालोपत्र हुँदै

चालु आर्थिक वर्षमा सडकका लागि १४ करोड बजेट विनियोजन भएको छ। सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा तीन करोड छुट्याइएको छ।

कैलाली- सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ। त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। 

सेती राजमार्ग योजना कार्यालय अछामका सूचना अधिकारी केशवदत्त मिश्रका अनुसार कालोपत्र गर्न निर्माण कम्पनीसँग एकदुई दिनभित्रै सम्झौता हुँदैछ। सडक कालोपत्रका लागि ३१ करोड प्राप्त भएको छ। 

कैलालीको टीकापुरबाट बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको ठुलीगाडदेखि सेती र बुढीगङ्गा दोभानसम्मको ४० किलोमिटर क्षेत्रमा रुख काट्न सरकारले अनुमति दिएको छ।

दुई सय चार किलोमिटर लामो उक्त सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण सुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्रयाक खुलेको छ। यो लोकमार्गको कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको आयोजना कार्यालय अछामले जनाएको छ। 
 
कैलालीको टीकापुरबाट चैनपुरसम्मको सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्रयाक बाँकी छ। अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको सूचना अधिकारी मिश्रले दिए। बाजुराको मेडासैनबाट राना गाउँसम्मको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ।
 
चालु आर्थिक वर्षमा सडकका लागि १४ करोड बजेट विनियोजन भएको छ। सडकमा पर्ने पुल निर्माणका लागि चालु आवमा तीन करोड छुट्याइएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २० २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend