सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

काठमाडौंमा विद्युत वितरणको समस्या समाधान गर्न ट्रान्सफर्मर फेरिँदै, आजै २० वटा फेरिने

शुक्रबार, पुस ९ २०७८
काठमाडौंमा विद्युत वितरणको समस्या समाधान गर्न ट्रान्सफर्मर फेरिँदै, आजै २० वटा फेरिने

काठमाडौं- पछिल्लो सयमा काठमाडौं उपत्यकामा झ्याप-झ्याप बत्ती जाने क्रम बढको छ। बत्ती जाने क्रम बढेपछि ऊर्जामन्त्री पम्फा भुसालले वितरणमा देखिएको समस्या समाधान गर्न विद्युत निर्देशन दिएकी छिन्।

मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री भुसालले जहाँ जेसुकै समस्या देखिए पनि ७ दिनभित्र समाधान गर्न निर्देशन दिएकी छिन्। मन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उपत्याकामा बेलुका ५ः३० देखि ७ बजेसम्मको समयमा लोड बढ्दा यदाकदा समस्या देखिएको स्वीकार गरेका छन्।

घिसिङले उपत्यकालगायत देशभर विद्युत खपत अहिले २० देखि २५ प्रतिशतसम्म बढेको कारण पनि पुराना संरचनाले गर्दा समस्या आएको बताएका छन्।

समस्या समाधान गर्नका लागि अहिले नयाँ ट्रान्सफर्मर जडानको काम भइरहेको उनको भनाइ छ। अहिले काठमाडौंमा रहेको ट्रान्सफर्मर सकिएपछि हेटौंडामा रहेको ट्रान्सफर्म ल्याउने काम भइरहेको र आज मात्रै थप २० वटा नयाँ ट्रान्सफर्मर जडान हुने उनको भनाइ छ।

यसैगरी दीर्घकालीन विद्युत वितरणको समस्या साधानका लागि हजार मेगावाटसम्मको खपतलाई धान्न सक्ने गरी सवस्टेनशन निर्माण भइरहेको घिसिङिले बताए। साथै १५० मिलियन डलर जाइकाको सहयोगमा उपत्यकामा सुरु भएको केबल अन्डरग्राउन्ड गर्ने काम थप अगाडि बढ्ने र पोखरामा पनि काम हुने घिसिङको भनाइ छ।


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend