शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

बुधबार, जेठ १६ २०८१
नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन

दुई दिनदेखि अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ।

काठमाडौं- दुई दिनदेखि अवरुद्ध नारायणगढ-बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ। 

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए। 

दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो। गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए। 

विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन्।

यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो। समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन्। रासस


प्रकाशित : बुधबार, जेठ १६ २०८११०:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend