बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट ११ अर्ब ९१ करोड

मंगलबार, जेठ १५ २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट ११ अर्ब ९१ करोड

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका कार्यक्रम सञ्चालनका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

जसमा उनले हवाई क्षेत्रको विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् भने पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको बताएका छन्। 

जसमा देशभर सञ्चालनमा रहेका आन्तरिक विमास्थलको विकास तथा स्तरोन्नतिका लागि उनले बजेट विनियोजन गरेको जनाएका छन्।

जसमा निजगढ विमानस्थल निर्माणको ढाँचा सम्पन्न गरिने र भरतपुर विमानस्थलका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ। बन्द विमानस्थल हवाई खेलसँग जोडिएको क्रियाकलाप सञ्चालन गरिने छ।

आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउन लक्ष्यसहित बजेट विनियोजन गरेको उनले बताए।

धार्मिक पर्यटनका लागि यातायात तथा पूर्वाधार, धार्मिक सर्किट विकास तथा विस्तार र सातै प्रदेशको पर्यटन विकासका लागि कुल ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend