बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हवाई क्षेत्रको विकासका लागि ३ अर्ब ७७ करोड

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
हवाई क्षेत्रको विकासका लागि ३ अर्ब ७७ करोड

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक हवाई क्षेत्रको विकासका लागि ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेका छन्। 

जसमा देशभर सञ्चालनमा रहेका आन्तरिक विमास्थलको विकास तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ। 

जसमा निजगढ विमानस्थल निर्माणको ढाँचा सम्पन्न गरिने र भरतपुर विमानस्थलका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ। बन्द विमानस्थलमा हवाई खेलसँग जोडिएको क्रियाकलाप सञ्चालन गरिने उल्लेख छ।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend