सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कामना सेवा फुटसल पुस ९ र १० गते हुने

बिहीबार , पुस ८ २०७८
कामना सेवा फुटसल पुस ९ र १० गते हुने

काठमाडौं- कामना सेवा फुटसल कप २०२१ पुस ९ र १० गते काठमाडौंमा हुने भएको छ। कामना सेवा विकास बैंकले केन्द्रीय कार्यालय भवन परिसरमा पत्रकार सम्मेलन आयोजना गरी सहभागी टिमहरुको घोषणा गर्दै खेल तालिकाको बारेमा समेत जानकारी गराएको हो।

युवा तथा खेलकुद मन्त्री  महेश्वर जंग गहतराजले पौष ९ गते प्रतियोगिताको उद्घाटन गर्ने र पुस १० गते अखिल नेपाल फुटबलसंघ अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलको समापन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

पत्रकार सम्मेलनमा बोल्दै  बैंकका अध्यक्ष सुदीप आचार्यले प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्द्धन गर्ने तथा संस्थाहरु बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताए।

खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउंबाट सहयोग र समन्वय गर्नको लागि पनि उनले अनुरोध गरे।


प्रकाशित : बिहीबार , पुस ८ २०७८१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend