बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

काठमाडौं विमानस्थलमा जहाज अवतरणका लागि प्रतिकूल हावा, एयर इन्डिया फर्कियो, अन्य फन्को लगाउँदै

सोमबार, जेठ १४ २०८१
काठमाडौं विमानस्थलमा जहाज अवतरणका लागि प्रतिकूल हावा, एयर इन्डिया फर्कियो, अन्य फन्को लगाउँदै

काठमाडौं- लामा दुरीबाट आएका र लोड बढी भएका जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेका छैनन्।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार अहिले कतार, मलेसिया र कोरियाबट आएका जहाज अवतरण हुन सकेका छैनन्। एयर इन्डियाको जहाज डाइभर्ट भइसकेको छ।

विमानस्थलको हावाका कारण जहाज अवतरण हुन नसकेका हुन्। आन्तरिक उडानका जहाजसमेत अवतरण भइरहेका छैनन्।

मलेसियाबाट आएको बाटिका एयर अवतरणका लागि रनवेमा पुगेपछि 'मिस एप्रोच' भन्दै अवतरण गरेको थिएन। जहाज अहिले पनि आकाशमा घुमिरहेको छ। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend