बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

आइतबार, जेठ १३ २०८१
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ। अहिले पनि उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

काठमाडौं- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ। अपराह्न भएको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान १५ मिनेट प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार भारी वर्षाका कारण बिहान ११:३० देखि ४५ मिनेटसम्म विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै आगमन स्थगित गरिएको थियो।

अहिले मौसम अनुकूल रहेकाले सम्पूर्ण उडान नियमितरूपमा भइरहेका प्रवक्ता झाले बताए।

काठमाडौं उपत्यकामा आज बिहानैदेखि सामान्य बदली र हल्का वर्षा भएको छ। अहिले पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।

स्थानीय वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ १३ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend