आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भोजपुर-खोटाङ जोडिने कोट-पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १३ २०८१
भोजपुर-खोटाङ जोडिने कोट-पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै

केन्द्र सरकारबाट विनियोजन भएको ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको हो।

भोजपुर- भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट-पाँचधारे सडकको स्तरोन्नति थालिएको छ। वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका-६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो। 

सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ।

६ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए।

पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उनले बताए। हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ। 

सडक स्तरोन्नतिपछि कृषि उपज बजार पुर्‍याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताए। विगतका वर्षायाममा झैँ अब सास्ती खेप्नुनपर्नेमा उनी ढुक्क छन्। रासस 


प्रकाशित : आइतबार, जेठ १३ २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend