बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एकै सिजनमा तीनपटक सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला आरोही बनिन् पूर्णिमा श्रेष्ठ

शनिबार, जेठ १२ २०८१
एकै सिजनमा तीनपटक सगरमाथाको चुचुरोमा पुग्ने पहिलो महिला आरोही बनिन् पूर्णिमा श्रेष्ठ

पूर्णिमाले पहिलोपटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्।

काठमाडौं- फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठले एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छिन्।

आज शनिबार बिहान ५:५० बजे उनले सगरमाथाको सफल आरोहण गरेको एट-के एक्सपेडिसनले जानकारी दिएको छ। सगरमाथा आरोहणका हिसाबले यो उनको चौथो आरोहण हो। यससँगै एकै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला बनेकी छन्।

उनले यसअघि यही सिजनको मे १२ दोस्रोपटक र मे १९ मा तेस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

गोरखाको आरुघाट गाउँपालिका-१० की श्रेष्ठले विश्वका दर्जनौँ हिमशिखर आरोहण गरिसकेकी छन्। उनले सन् १०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन्।

विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के-टुको सफल आरोहण गरेकी थिइन्।

उनले नेपालमा रहेका ८ हजार मिटरभन्दा बढी उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। पूर्णिमाले पहिलोपटक ८ हजार मिटरको हिमाल यात्रा गृहजिल्ला गोरखास्थित मनास्लुबाट सुरू गरेकी थिइन्। २०७४ मा उनले मनास्लुको सफल आरोहण गरेकी थिइन्।

त्यसपछि श्रेष्ठले अन्नपूर्ण र धौलागिरी आरोहण गरिन्। उनी अन्नपूर्ण र धौलागिरी आरोहण गर्ने पहिलो नेपाली महिला पनि हुन्।

पूर्णिमाले… चढिन् हिमाल चुचुरा पूर्णिमाले… चढिन् हिमाल चुचुरा


प्रकाशित : शनिबार, जेठ १२ २०८११६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend