आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

काठमाडौं-तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलियो

शुक्रबार, जेठ ११ २०८१
काठमाडौं-तराई द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलियो

यसैगरी २०८१ जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो।

काठमाडौं- नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्गको जोडी सुरुङ छिचोलिएको छ। 

द्रुतमार्गको प्याकेज नं २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिएको हो। शुक्रबार उक्त सुरुङ छिचोलिएको नेपाली सेनाले जनाएको छ।  

यसैगरी २०८१ जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ६ सय ३३ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको थियो। 

शुक्रबार एक कार्यक्रमबीच रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा, रथीलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैरसैनिक व्यक्तिहरुको उपस्थितिमा सुरूङ छिचोलिएको हो।

fast track surung1.JPG

सोही अवसरमा रक्षामन्त्रीले गतहप्ता छिचोलिएको लेनडाँडा सुरुङमार्ग लगायत द्रुतमार्गका निर्माणाधीन संरचनाहरुको अवलोकन गरेका थिए। 

द्रुतमार्गमा ६ वटा सुरुङ र ८९ वटा पुल हुनेछ। उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ।

करिब ७०.९७७ किमी लम्बाइको द्रुतमार्ग पहाडी भूभागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ। आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ।


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend