सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चोरीका मोटरसाइकल लुकाएर राख्ने दुई जना पक्राउ

बुधबार, पुस ७ २०७८
चोरीका मोटरसाइकल लुकाएर राख्ने  दुई जना पक्राउ

काठमाडौं- मोटरसाइकल चोरी गरी घरमा लुकाइराखेको अवस्थामा काठमाडौ|को लामबगरबाट बुधबार दुई जना पक्राउ परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले घरको पार्किङमा लुकाइ राखेको अवस्थामा प्रदेश ३-०२-०११ प ८०७३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धादिङ खनियावास गाउँपालिका-३ घर भई हाल गैरीगाउँस्थित लामाबगर बस्ने वर्ष १९ का पारस तामाङ र धादिङ नेत्रावती घर भइ सोही ठाउँ बस्ने २२ वर्षीय वुद्धिबहादुर तामाङ रहेका छन्।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट गत मङ्सिरमा हराएको भनी काठमाडौँ तारकेश्वर नगरपालिका-८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन दिएका थिए।

सोही निवेदनको आधारमा महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाएको प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिल शर्माले जानकारी दिए।


प्रकाशित : बुधबार, पुस ७ २०७८१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend