शनिबार, साउन १२ गते २०८१    
images
images
images

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने

images
आइतबार, जेठ ६ २०८१
images
images
सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने
फाइल तस्बिर

पर्यटन प्रवर्द्धकका लागि २१ वर्ष उमेर पूरा भएको नेपाली वा गैरआवासीय नेपाली एवं विदेशी नागरिक हुनुपर्नेछ।

images

काठमाडौं- सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धक नियुक्त गर्न लागेको हो ।

images
images

मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाले आज सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम नियुक्ति भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवर्द्धन नियुक्ति गर्ने कार्यक्रम तय भएकाले मापदण्ड पुगेका इच्छुक सगरमाथा आरोहीलाई सात दिनभित्र पर्यटन प्रवर्द्धन शाखामा निवेदन पेस गर्न आग्रह गरेको छ।

images

पर्यटन प्रवर्द्धन शाखाका उपसचिव अनिल किरातीका अनुसार सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोहीलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरिनेछ। यसअघि नियुक्त भएका देश र सहरका २९ जना प्रवर्द्धकबाहेकका मुलुकमा सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने उपसचिव किरातीले बताए।

पर्यटन मन्त्रालय (२०८० फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णय)ले विश्वमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ जनालाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको थियो।

images

पर्यटन प्रवर्द्धकका लागि २१ वर्ष उमेर पूरा भएको नेपाली वा गैरआवासीय नेपाली एवं विदेशी नागरिक हुनुपर्नेछ। पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि संलग्न रही ख्याति प्राप्त गरेको वा नेपालप्रति सद्भाव र रुचि भइ नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको छ।

विश्व पर्यटन बजारमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित गराउँदै स्वयंसेवी भावनाका साथ नेपालको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं जैविक सम्पदा एवं खेलकुद, मनोरञ्जनको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पुर्‍याउने सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक  नियुक्त गरिने सूचनामा भनिएको छ। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend