आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

छिचोलियो फास्ट ट्रयाकअन्तर्गत लेनडाँडा सुरुङ

शुक्रबार, जेठ ४ २०८१
छिचोलियो फास्ट ट्रयाकअन्तर्गत लेनडाँडा सुरुङ

शुक्रबार प्याकेज नम्बर २ मा रहेको मकवानपुर बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरूङमार्गको 'ब्रेक थ्रु' भएको हो।

काठमाडौं- नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं तराई/मधेस द्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) अन्तर्गत लेनडाँडा सुरूङगमार्ग छिचोलिएको छ। 

शुक्रबार प्याकेज नम्बर २ मा रहेको मकवानपुर बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरूङमार्गको छिचोलिएको हो। सुरुङ मार्गको 'ब्रेक थ्रु' भएको जानकारी नेपाली सेनाले दिएको छ। 

lendada surung fast track1.jpg

दुई सुरूङमार्गमध्ये १ हजार ६ सय ३३ मिटर लम्बाइ रहेको काठमाडौंबाट निजगढतर्फ जाने सुरूङ मार्गको ब्रेक थ्रु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

अर्कोतर्फको सुरूङमार्ग विशेष कार्यक्रमसहित 'ब्रेक थ्रु' गर्ने योजना रहेको सेनाको भनाइ छ। 

द्रुतमार्गमा ६ वटा सुरुङ र ८९ वटा पुल हुनेछ। उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ। करिब ७०.९७७ किमी लम्बाईको द्रुतमार्ग पहाडी भूभागमा २५ र तराई भूभागमा २७ मिटर चौडाइ हुनेछ। आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ।


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend