शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

लघुजलविद्युत् मर्मत नहुँदा चार महिनादेखि टुकीको भरमा लुलाङ

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ७ २०७८
images
लघुजलविद्युत् मर्मत नहुँदा चार महिनादेखि टुकीको भरमा लुलाङ
images
images

गलेश्वर- म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ। पहिराले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरि गाउँपालिका-२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि टुकीका भरमा छन्। 

images
images
images

गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन। वडावासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन्।

images
images

लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो। बाढीले विद्युत्गृह, कुलो र पोल बगाएको थियो। संरचना पुनःनिर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको घरमा छन्।

images
images

बाढीले विद्युत्गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघुजलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए।

बाढीले विद्युत्गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ। विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन्। विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ। विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो।

गाउँपालिकाको ५० लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८६ लाख रूपैयाँ तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो।

बाढीले १ करोड ५० लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ। परियोजना पुनःनिर्माणका लागि गाउँपालिकाले १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले १० लाख रूपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए। दुई महिनाभित्र बिजुली बाल्ने प्रयास भइरहेको उनको भनाइ छ। रासस  


प्रकाशित : बुधबार, पुस ७ २०७८०६:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend