बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

चार्टर्ड फ्लाइट लिएर २१८ भियतनामी बुद्धिष्ट पर्यटक नेपाल आए

बिहीबार , जेठ ३ २०८१
चार्टर्ड फ्लाइट लिएर २१८ भियतनामी बुद्धिष्ट पर्यटक नेपाल आए

यी भियतनामी बौद्ध धर्मालम्बीहरूले काठमाडौं उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्नुका साथै पूर्वमा रहेको हलेसीको समेत दर्शन तथा भ्रमण अवलोकन गर्नेछन्।

काठमाडौं- रुप्से होलिडेज प्रालिले चार्टर्ड फ्लाइटबाट २१८ भियतनामी पर्यटक नेपाल ल्याएको छ।

यति ठूलो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी तिर्थयात्रीहरुको एकैपटक आगमन भएको पहिलो पटक हो।

१ सय ८० तिर्थालु भियतनामको हनोईबाट रुप्से होलिडेजले व्यवस्थापन गरेको चार्टर्ड फ्लाइटबाट सोझै काठमाडौं अवतरण गरेका हुन् भने अरु यात्रुहरू रसिया, युरोप र अमेरिकाका विभिन्न गन्तव्यहरूबाट काठमाडौं आइपुगेका हुन्।

भियतनामी पर्यटकलाई लिन गएको हिमालय एयरलाइन्सको एअरबस ए३२० जहाज रुप्से होलिडेजले चार्टर्ड गरेको थियो। जसमा नेपाली पर्यटक समेत भियतनाम भ्रमणका लागि भियतनामको हनोई पुगेका छन्।

७ रात र ८ दिनको यात्रामा काठमाडौं ओर्लिएका यी भियतनामी बौद्ध धर्मालम्बीहरूले काठमाडौं उपत्यकाका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्नुका साथै पूर्वमा रहेको हलेसीको समेत दर्शन तथा भ्रमण अवलोकन गर्नेछन्।

Vietnam Tourists Arrived (2).jpeg

पूर्णरूपमा धार्मिक पर्यटकको रूपमा आएका यी भियतनामी नागरिकले ध्यान र बौद्ध शिक्षाका लागि काठमाडौंमा रहेका विभिन्न चैत्य तथा गुम्बाहरूमा ६ दिन र हलेसीमा १ रात बिताउने छन्।

ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने यी यात्रुले नेपालबाट फर्किँदा नेपालमा जन्मिएका बुद्धको सन्देश बोकेर जाने विश्वास लिइएको छ। त्यसैले पनि यो समूहको भ्रमणलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।

भियतनामबाट नेपाल आएका यी पर्यटकहरूले नेपालमा लक्जरी धार्मिक पर्यटनको नयाँ सम्भाव्यता खोलेका छन्। जहाजै चार्टर गरी नेपाल आएका यी पर्यटकहरू हायात प्लेस, लेमन ट्रि प्रिमियर, दुसित प्रिन्सेस लगायतका पाँच तारे होटलमा बसेका छन् भने उनीहरूको आरामदायीताको पूर्ण ख्याल राख्दै लक्जरी कार तथा टुरिस्ट बसमार्फत सेवा प्रदान गरिएको छ।


प्रकाशित : बिहीबार , जेठ ३ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend