बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सर्वसाधारणलाई सेयर जारी गर्न लागेको कैलाश हेलिकोप्टरले साढे ४ वर्षमै गर्‍यो २ अर्बभन्दा बढीको व्यापार

बुधबार, जेठ २ २०८१
सर्वसाधारणलाई सेयर जारी गर्न लागेको कैलाश हेलिकोप्टरले साढे ४ वर्षमै गर्‍यो २ अर्बभन्दा बढीको व्यापार

पुँजी वृद्धि गरेर सन् २०२६ सम्म पाँचवटा हेलिकोप्टर पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ।

काठमाडौं- निजी वायु सेवा कम्पनी कैलाश हेलिकोप्टरले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको छ।

२०७३ सालमा प्राइभेट कम्पनीमा दर्ता भएर नेपालमा हेलिकोप्टर सेवा दिइरहेको कैलाशको व्यापार निरन्तर बढिरहेको छ।

पछिल्लो चार आर्थिक वर्षमा कैलाश हेलिकोप्टरले १ अर्ब ७३ करोड रूपैयाँको व्यापार गरेको छ। साथै चालु आवको ६ महिनामै कम्पनीले ३१ करोड आम्दानी गरेको छ। आईपीओ जारीकै लागि कम्पनीले रेटिङ गराएको छ।

पछिल्लो समय आक्रामक बजार विस्तारमा रहेको कैलाश हेलिकोप्टर शीर्ष ५ भित्र रहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँचवटा हेलिकोप्टर बनाउनुपर्ने नियम बनाएपछि पुँजी वृद्धिका लागि भन्दै कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने नीतिअनुसार पब्लिकमा रुपान्तरण भएको छ।

पुँजी वृद्धि गरेर सन् २०२६ सम्म पाँचवटा हेलिकोप्टर पुर्‍याउने कम्पनीको लक्ष्य रहेको छ। हाल कम्पनीले एयरबसका तीनवटा हेलिकोप्टरबाट सेवा दिइरहेको छ। कम्पनीले २०२५ को जनवरीभित्रै अर्को हेलिकोप्टर थप्ने जनाएको छ।

कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा ७० करोड २० लाख आम्दानी गरेको थियो भने २०७८/०७९ मा ४० करोड रूपैयाँ आम्दानी गरेको थियो। कम्पनीले साढे ४ वर्षमा २ अर्ब ४ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ।

यसैगरी कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा ३२ करोड १० लाख र ०७६/०७७ मा ३० करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो। कैलाश हेलिकोप्टरको अध्यक्ष आशिष शेरचन र प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे हुन्।


प्रकाशित : बुधबार, जेठ २ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend