बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २५ २०८१
सगरमाथा आरोहण गर्न ४ सय १४ जनाले लिए अनुमति

वसन्त याममा हिमाल आरोहणको अनुमतिवापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ। सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख ५ हजार ८ सय ४९ रुपैयाँ रोयल्टी उठेको छ।

काठमाडौं- सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि ४ सय १४ जनाले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र ३ सय ३९ पुरुष गरी ४ सय १४ ले अनुमति लिएका हुन्। अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक ४ सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।

विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि १ सय १२ आरोही समूहका ९ सय ७१ आरोहीले अनुमति लिएका छन्।

वसन्त याममा हिमाल आरोहणको अनुमतिवापत हालसम्म ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ। सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख ५ हजार ८ सय ४९ रुपैयाँ रोयल्टी उठेको छ।

वसन्त यामको सगरमाथा आरोहणका लागि चौथो शिविर (साउथ कोल, ७९५० मि) सम्म बाटो खुलिसकेको छ। आरोहणका लागि डोरी टाँग्ने (रोपफिक्सिङ) काम चौथो शिविरसम्म सम्पन्न भएको हो। यसअघि सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाएको थियो। रासस


प्रकाशित : मंगलबार, वैशाख २५ २०८११९:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend