आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ग्वार्को फ्लाइओभरमा ढिलाइ, निर्माणमा लापरबाहीले सर्वसाधारणलाई सास्ती [तस्बिरहरू]

सोमबार, वैशाख २४ २०८१
ग्वार्को फ्लाइओभरमा ढिलाइ, निर्माणमा लापरबाहीले सर्वसाधारणलाई सास्ती [तस्बिरहरू]

निर्माणको काम भइराख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ। वैकल्पिक बाटो सानो र जामले समस्या पार्ने हुँदा निर्माणस्थल हुँदै हिँड्नु पर्ने बाध्यता छ।

ललितपुर- इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। काममा जाँदा आउँदा सधैँ उनलाई एउटा पीरले सताउँछ, ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको अव्यवस्थित निर्माण सामग्री र सवारीजाम।

दैनिक ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नु पर्ने हुन्छ। फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरूले गर्दा निकै जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता रहेको उनी बताउँछन्।

जाम खुल्दा सार्वजनिक सवारीहरू पेलिएर आउँदा निकै डराउँदै हिँड्नु पर्ने उनी बताउँछन्। साना सवारी होस् या ठूला सवारी त्यसरि नै जोगिँदै हिँड्नु पर्ने बाध्यतामा सुमनजस्तै अरु यात्रुहरू पनि छन्।

रडमात्र नभइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिँड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरूको गुनासो रहेको छ। निर्माणस्थलमा फलाम र जस्ताले ढाकिएको छ। निर्माणस्थल ढाकिएका ठूला डिभाइडर भित्रबाट रड निस्किएको छ।

gwarko flyover nirman (2).jpg

निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोरदोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो। तर ग्वार्कोबाट सातदोबाटो जाने तर्फको करिब सय मिटर क्षेत्रमा डिभाइडरबाट ठूला-ठूला रड निस्किएका छन्। सडकमै निस्किएको उक्त रडले ठूलै दुर्घटना निम्त्याउन सक्ने र जोगिएर हिँड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरूको गुनासो छ।

कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्यसमेत देखिन्छ। निर्माणका क्रममा सडकबाट निकालिएका फलामेबारहरू पनि बेबारिसे अवस्थामा फालिएको छ।

gwarko flyover nirman (3).jpg

काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य गरिरहेको छ। ‘फ्लाइओभर’मा बालकुमारीतर्फ ३ सय २० मिटर लम्बाइको र सातदोबाटोतर्फ १ सय ८५ मिटरको र्‍याम निर्माण गरिँदै छ। विसं २०७८ फागुनमा आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो। 

निर्माणको काम भइराख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ। वैकल्पिक बाटो सानो र जामले समस्या पार्ने हुँदा निर्माणस्थल हुँदै हिँड्नु पर्ने बाध्यता छ।

gwarko flyover nirman (4).jpg
gwarko flyover nirman (5).jpg
gwarko flyover nirman (6).jpg
gwarko flyover nirman (7).jpg
gwarko flyover nirman (8).jpg
gwarko flyover nirman (9).jpg
gwarko flyover nirman (10).jpg
gwarko flyover nirman (11).jpg

तस्बिरहरू : मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी 


प्रकाशित : सोमबार, वैशाख २४ २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend